नेभिगेशन
सबै कुरा

साउदी सीमा सुरक्षा गार्डद्वारा सयौं आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एचआरडब्लुका अनुसन्धानकर्ता नादिया हर्डम्यानले विज्ञप्तिमार्फत ‘साउदी अधिकारीहरूले उक्त दुर्गम सीमा क्षेत्रमा सयौं आप्रवासी र शरण खोज्नेहरूको हत्या गरिरहेको बताएका हुन् । 

Ncell
Extreme Energy

‘साउदी अरबको छबि सुधार्न व्यावसायिक गल्फ, फुटबल क्लब र प्रमुख मनोरञ्जन कार्यक्रमहरू किन्न अर्बौँ खर्च गर्दैमा  यी भयानक अपराधहरूबाट ध्यान हटाउनु नहुनेमा समेत हर्डम्यानले जोड दिएका छन् । 

न्युयोर्कस्थित उक्त समूहले साउदी अरब र यमनमा इथियोपियाली आप्रवासीविरुद्ध करिब एक दशकदेखि भएको दुव्र्यवहारको अभिलेखीकरण गर्दै आएको छ । तर पछिल्लो हत्या ‘व्यापक र व्यवस्थित’ भएको बताइएको छ  । 

सन् २०२२ को पहिलो चार महिनामा दक्षिणी साउदी अरब र उत्तरी यमनमा साउदी अरबका सुरक्षा फौजले सीमापार गोलाबारी र साना हातहतियारबाट गरेको आक्रमणमा करिब ४३० आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत वर्ष नै बताएका थिए । 

यस विषयमा साउदी अरबका अधिकारीहरूले कुनै पनि प्रतिक्रियाको दिएका छैनन् । साथै एचआरडब्ल्यूको रिपोर्टले साउदी गृह र रक्षा मन्त्रालय, मानव अधिकार आयोग र उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीहरूलाई पठाइएको पत्रको कुनै प्रतिक्रिया नभएको बताएको छ । 

सन् २०१५ मा साउदी अधिकारीहरूले हुथी विद्रोहीलाई सत्ताच्युत गर्न गठबन्धन परिचालन गरेका थिए, उनीहरूले अघिल्लो वर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबाट यमनको राजधानी साना कब्जा गरेका थिए । 

संयुक्त राष्ट्रसङ्घले यमनको युद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय अवस्थाको रूपमा वर्णन गरेको छ ।

तर एचआरडब्ल्यूले वर्णन गरेका धेरै दुव्र्यवहारहरू अप्रिल २०२२ मा लागू भएको युद्धविरामको क्रममा भएको थियो ।  गत अक्टोबरमा आधिकारिक रूपमा युद्धविराम सम्झौता समाप्त भएपनि धेरै हदसम्म यसले यमनमा शान्तिका लागि काम गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।