नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने, कोशीमा हावाहुरीको संभावना

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ । कोशी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Ncell
Extreme Energy

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ ।  मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी,  वाग्मती र गण्डकी  प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।