नेभिगेशन
सबै कुरा

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए। तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । 

Ncell
Extreme Energy

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन  सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।