नेभिगेशन
सबै कुरा

रवि लामिछानेले सुरु गरे ‘गृहमन्त्रीलाई भन्नुस्’ सेवा, गृहसम्बद्ध गुनासा सिधै गृहमन्त्रीलाई पठाउन मिल्ने

काठमाडौँ । अब नागरिकले आफ्ना समस्या सिधै गृहमन्त्रीलाई भन्न पाउने भएका छन् । उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृहको कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब गृह मन्त्रालयको वेबसाइटमा वा जिल्ला प्रशासन कार्यालयहरुको वेभसाइटमा राखिएको क्यूआर कोड मार्फत सिधै गृहमन्त्रीलाई आफ्ना समस्या राख्न पाइने भएको हो । वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गर्दा आउने ‘गृहमन्त्रीलाई भन्नुस्’  फारममार्फत गृह मन्त्रालय अन्तर्गतका निकायले प्रभावकारी रुपमा काम गरेनन् भने सोझै गृहमन्त्रीले थाहा पाउनेगरी गुनासो राख्न सकिने गृहमन्त्रीले बताएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै नागरिकका लागि सिंहदरबार प्रवेश सहज गर्न आज (जेठ ३२ गते) बाटै (इ–गेट) प्रणाली आरम्भ पनि लामिछानेले जानकारी गराए । अब गृह मन्त्रालयको वेबसाइटबाट घरबाटै सिंहदरबार प्रवेशको पास लिन सकिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।