नेभिगेशन
सबै कुरा

जनकपुरको ९ हजार बिघा बढी जग्गा अतिक्रमणबारे अनुसन्धान सुरु भएको छ : गृहमन्त्री

काठमडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गतको अतिक्रमित ९ हजार ८ सय ४३ बिगहा जग्गा अतिक्रमण भएको विषयमा अनुसन्धान सुरु भएको जानकारी गराएका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका हुन् । 

तर उनले यस बारेमा पूर्ण विवरण भने जानकारी गराएनन् । उनले गृह मन्त्रालयबाट भईरहेका कामहरुको विस्तारै थाहा पाइने बताए । ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् ।’ उनले भने । 

उनले सिंहदरवार प्रवेशका लागि अनलाइनबाट पास लिन सकिने व्यवस्था गरेको जानकारी दिए । त्यस्तै गृह मन्त्रालय सम्बद्ध कुनै पनि गुनासो अनलाइनमार्फत सोझै गृहमन्त्रीलाई पठाउन सकिने व्यवस्था गरेको पनि जानकारी दिए । त्यसका लागि गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा क्यू आर कोडको व्यवस्था गरिएको र उल्लेखित विवरण भरेपछि त्यो सन्देश सिधै गृहमन्त्रीले हेर्न सक्ने जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...