नेभिगेशन
सबै कुरा

टुँडिखेलमा मगर समुदायको भूमि पूजा पर्व (तस्विरहरु)

काठमाडौँ । मगर समुदायले काठमाडौँको टुँडिखेलमा शनिबारबाट भूमे पर्वको सुरुवात गरेका छन् । मगर समुदायले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ती नआओस भन्ने कामनासहित भूमीलाई पूजा गरेर यो पर्व मनाउने गर्दछन् । ३ दिनसम्म विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मनाइने भूमे पर्वमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको छ ।

भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैंको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ । यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ ।








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।