नेभिगेशन
सबै कुरा

टुँडिखेलमा मगर समुदायको भूमि पूजा पर्व (तस्विरहरु)

काठमाडौँ । मगर समुदायले काठमाडौँको टुँडिखेलमा शनिबारबाट भूमे पर्वको सुरुवात गरेका छन् । मगर समुदायले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ती नआओस भन्ने कामनासहित भूमीलाई पूजा गरेर यो पर्व मनाउने गर्दछन् । ३ दिनसम्म विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मनाइने भूमे पर्वमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैंको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ । यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ ।

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।
ओलीको प्रश्न– ग्रीन आर्मीका नाममा खटिएका व्यक्ति को हुन्, खर्च र तालिमको स्रोत के हो?

ओलीको प्रश्न– ग्रीन आर्मीका नाममा खटिएका व्यक्ति को हुन्, खर्च र तालिमको स्रोत के हो?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’का नाममा खटिएका व्यक्तिहरूको परिचय, तालिम र परिचालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।