नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन खानी खोज्न चिनियाँ विज्ञ लगेर रोल्पा पुगेँ : दावा छिरिङ

३० भदौ, काठमाडौं । नेपालमा बसेर सुन तस्करीको व्यवस्थापन गर्ने दावा छिरिङले सुन उत्खनका लागि चिनियाँ विज्ञसहितको टोली लगेर रोल्पा समेत गएको बयान दिएका छन् । ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीसँगको साविति बयानमा अर्का चिनियाँ आगो भनिने वेङ जिङ्गुओ सहित ३ जना विज्ञ टोलीसहित रोल्पा पुगेको बताएका छन् । दावाकी श्रीमती अमला रोका र माओवादी उपमहासचिव वर्षमान पुनका भाई प्रनेश पुन मगरको लगानीमा भियना मल्टप्रपोज प्रा.लि. दर्ता भई सुन उत्खनन तथा प्रसोधनका लागि खानि विभागबाट लाइसेन्स लिएको सिधाकुराले खुलासा गरिसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी

Everest cinsult

दावालाई बयानका क्रममा गरिएको सवाल नं. २६ को जवाफ दिदै उनले समेत उक्त कुरा स्वीकार गरेका छन् । 

दावालाई सोधिएको सवाल यस्तो छ :

सवाल २६ : किशोर बस्नेतले अधिकार प्राप्त अधिकारी समक्षको बयनामा तपाई, किशोर बस्नेत र आगो भनिने वेङ जिङ्गुओ (चाईनिज राहदानी नं. EJ7786920) बिच होटल शंकरमा भेट्ने  कुराकानी भएको थियो भनी खुलाई लेखाई दिएको हुँदा आगो भन्ने वेङ जिङ्गुओ (चाईनिज राहदानी नं. EJ7786920) चाईनिज नागरिक को हुन् र के कुन प्रयोजनको लागि भेटघाट भएको हो ? खुलाउनुहोस् । 

उक्त सवालमा दावाको जवाफ यस्तो छ :

जवाफ २६ :  आगो भन्ने वेङ जिङ्गुआ (चाईनिज राहदानी नं. EJ7786920) चाईनिज नागरिक, करिब ३ महिना अगाडी मेरो होटल भियनामा बस्न आउने क्रममा चिनेको हुँ । निज वाल्डो क्यासिनोमा गई खेल्ने गरेका थिए ।  चिनजान तथा परिचय भए पश्चात मैले निज आगो भन्ने  चाईनिज नागरिक वेङ जिङ्गुआलाई हामी सँग खानी उत्खनन् गर्ने लाईसेन्स छ, तपाईसँग कुनै रकम लगानी गर्ने कम्पनी छ, छैन ? भनी सोध्दा निज आगो भन्ने वेङ जिङ्गुओले  सम्बन्धित ठाउँमा गई चेक गर्नु पर्छ भनी निज आगो भन्ने वेङ जिङ्गुओले चिनबाट खानी सम्बन्धी काम गर्ने ३ जना विज्ञहरुको टोली मगाई निज आगो भन्ने  वेङ जिङ्गुओले मगाएको विज्ञहरुको टोली र भाषा अनुवादक हेलिकप्टर चार्टर गरी जिल्ला रोल्पामा गई ४/५ दिन बसी फर्किएका हुन् । पानी परेको र बाटोको सुविधा नभएको कारण हाल खानी उत्खनन् गर्न सकिँदैन भनी सो टोली फर्किएको हो । केही दिन पश्चात निज  आगो भन्ने वेङ जिङ्गुओ अफ्रिकाको रुवाण्डा गई २०/२५ दिन बसी नेपाल आएका हुन् । सो समयमा निजले मलाई सुनको बिस्कुट आकारको फोटो देखाई सो सुन खरिद गर्ने मानिस खोज्नु, सो सुन बिक्री गरे बापत प्रति के.जी. रु.२०,०००।– दिन्छु भनेका हुन् । 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...