नेभिगेशन
सबै कुरा

टि–२० विश्वकप क्रिकेट : भारतद्वारा अफगानिस्तान पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको हो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...