नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन प्रकरण : प्रहरीले मुद्दा नचलाउन भनेको भन्सार एजेन्टविरुद्ध पनि मुद्दा दर्ता

३१ भदाै - ६० किलो सुन प्रकरणमा प्रहरीले मुद्दा नचलाउन राय दिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध पनि मुद्धा दर्ता भएको छ।

क्यान्सर रोगबाट ग्रसित उनलाई पक्राउ परेको केही दिनमै प्रहरीले रिहा गरेको थियो। त्यस्तै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदा समेत सुब्बालाई प्रतिवादी नबनाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो।

Dish home
City Express

तर सरकारी वकिलको कार्यालयले भने सुब्बाजस्तै कार्यमा संलग्न अरु भन्सार एजेन्टलाई प्रतिवादी बनाउँदा उनलाई उन्मुक्ति दिन नमिल्ने भन्दै मिसिलसहित अदालतमा बुझाउन राय दिएको हो। 

उनीसहित २६ जना पक्राउ र ३ जना फरारविरुद्ध मुद्धा दर्ता भएको हो। फरारमा कमला रोका, भोला सराफ, जीवन चलाउने रहेका छन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...