नेभिगेशन
सबै कुरा

घरेलु मैदानमै श्रीलंकाको लज्जास्पद हार, एसिया कप क्रिकेटको उपाधि भारतलाई

३१ भदाै - भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार भएको फाइनलमा सहआयोजक श्रीलंकालाई उसकै मैदानमा लज्जास्पद १० विकेटको हार चखाउँदै भारतले एसिया कप क्रिकेटको उपाधि उचालेको हो।

Ncell
Extreme Energy

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदा जम्मा ५० रन बनाएको थियो। जसलाई भारतले ६.१ ओभरमै भेट्टाएको हो।

भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिए भने समग्रमा उनले मात्र ६ विकेट लिएका थिए । त्यस्तै भारतिय खेलाडी हार्दिक पान्ड्याले ३ विकेट लिए। बुमराहले १ विकेट लिए ।

यसअघि भारत सन् १९८४, १९८८, १९९० र ९१, १९९५, २०१०, २०१६ र २०१८ मा च्याम्पियन बनेको थियो । श्रीलंका सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को च्याम्पियन टोली हो ।

यसपटकको एसिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग  १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...