नेभिगेशन
सबै कुरा

एसईई को नतिजा सार्वजनिक : आधाभन्दा धेरै विद्यार्थी अनुतिर्ण

काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो  ।

बोर्डका अनुसार आधा भन्दा धेरै विद्यार्थी उनुतिर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् अर्थात परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीमात्र उतिर्ण भएका छन् । कुल संख्याको ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड अर्थात एनजी ल्याएका हुन् । एनजी ल्याउने विद्यार्थीलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन  । त्यस्तै एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । 

CG

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ ।  यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो  । 

त्यस्तै विद्यार्थीहरूले आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका थिए । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।