नेभिगेशन
सबै कुरा

आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या १९९ बाट २९९ पुर्याउने नेकपा समाजवादीको निर्णय

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।

केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै बरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए । 

प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पुराए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे । सवै पहल गर्दा पनि निर्वाचनमा जानुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको उनको भनाई छ । 

पार्टी सचिवालय बैठकले महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन असार १६ देखि काठमाडौँमा सुरु हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। जेनजी आन्दोलनपछि अवस्था पहिलेको जस्तो नरहने उल्लेख गर्दै उनले उनले पार्टी...
रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका...
सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

रास्वपाले समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने उम्मेदवारको प्रक्रिया पनि स्पष्ट पारेको छ । यस अघि बन्द सूचिमा रहेकाहरु नदोहोरिने गरी जेन-जीको २७ प्रतिशत र विदेशबाट नेपाल फर्किएर...
नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

भर्खरै