नेभिगेशन
सबै कुरा

आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या १९९ बाट २९९ पुर्याउने नेकपा समाजवादीको निर्णय

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै बरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए । 

प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पुराए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे । सवै पहल गर्दा पनि निर्वाचनमा जानुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको उनको भनाई छ । 

पार्टी सचिवालय बैठकले महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन असार १६ देखि काठमाडौँमा सुरु हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउन आग्रह गरेका हुन्।