नेभिगेशन
सबै कुरा

एसईईमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा दुईभन्दा धेरै विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मौका नदिए ठूलो संख्यामा विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुने भन्दै सो निर्णय गरेको हो । 

मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । त्यसका लागि लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने भएकाले प्रकृया अगाडि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । ‘यहि निर्देशिकालाई आधार मानेर मौका परिक्षा गराउने हुँदा धेरै विद्यार्थी परिक्षाबाट बञ्चित हुने अवस्था देखिएकाले मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेको हो । हामीले पाविके, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायतका निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छौँ ।’, प्रवक्ता दाहालले भने । 

CG

त्यस्तै उनले विद्यार्थीलाई मौका परिक्षाका लागि तयारी गराउन विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको बताएका छन् । 

बिहिबार प्रकाशित भएको एसईईको नतिजामा आधा भन्दा धेरै विद्यार्थी अनुतिर्ण भएका थिए । कुल संख्याको ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड अर्थात एनजी ल्याएका थिए । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीमात्र उतिर्ण भएका थिए । 

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो जसमा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको थियो  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।