नेभिगेशन
सबै कुरा

नेकपा एकीकृत समाजवादीकाे दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले आइतबारबाट काठमाडौँमा सुरु हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी गराउदै तयारी पुरा भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दक्षिणपन्थी अवसरवादको विरोध गर्रौ, समाजवादको दिशामा अगाडी बढौं भन्ने नाराका साथ हुने महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने समाजवादीले जनाएको छ । महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरिएको छ । समाजवादीले एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने, उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सद्यस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्ने समाजवादीले जनाएको छ ।

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रले चासो राखेको महाधिवेशन निकै महत्वपूर्ण हुने बताए । उनले महाधिवेशनका लागि चारवटै दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको भन्दै यसले कार्यकर्तामा उत्साह जागेको धारणा राखे । नेपालको राजनीतिमा दक्षिणपन्थी अवसरबाद हावी भएको भन्दै आफ्नो पार्टीलाई यसबाट जोगाउनुपर्ने आवश्यता रहेको भन्दै उहाले महाधिवेशनले नयाँ दिशाबोध गर्ने बताए । पार्टीमा पदको व्यवस्था हुनु स्वभाविक रहेको र सानो पार्टी हुँदा थोरै पद र ठूलो पार्टी हुँदा धेरै पद आवश्यकता परेको उहाको भनाइ छ । उनले पार्टीभित्रका नेताहरुबीच छलफल भेटघाट हुनुलाई अन्यथा लिनु नहुने भन्दै महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरे । 

त्यस्तै पार्टीका सम्मानीत नेता झलनाथ खनालले महाधिवेशनले पारित गर्ने नीतिका आधार नेतृत्व निर्माण हुने बताए । पार्टीको नेतृत्व सर्वसम्मत ढंगले निर्माण गर्नुपर्ने उनले बताए । उनले नेताहरुकाबीचमा बहस हुनु स्वभाविक रहेको भन्दै आफुहरुबीच कुनै समस्या नरहेको दावी गरे । खनालले नेतृत्वका बिषयमा सहमति हुन नसके लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने बताए । 

त्यस्तै पार्टीका महासचिव घनश्याम भुसालले आगामी लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीले नेतृत्व गर्ने दावी गरे । इतिहासको दायित्व पूरा गर्न सक्नेगरी नेतृत्व एकताबद्ध अघि बढ्ने उनले बताए । 

महासचिव भुसालले पार्टीको महाधिवेशन आइतबार दिउँसो उद्घाटन हुने र त्यसअघि काठमाडौँका बिभिन्न स्थानबाट र्याली निकाल्ने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।