नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच  भेटवार्ता  भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालकोटमा भेटवार्ता भएको थियो । त्यसपछि प्रचण्ड र ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको थियो । सुरुमा दुईजनाको मात्र भएको भेटवार्तामा पछि रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मिसिएका थिए ।

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले लामिछानेलाई बुझाएको पार्टीको प्रतिवेदन सञ्चार माध्यममा आएको र त्यसबाट उत्पन्न भएको विवादपछि शिर्षस्थ नेताहरुबिच निरन्तर भेटवार्ता भइरहेको छ । सोही क्रममा आज पनि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबिच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने  विषयका अतिरिक्त मुलुकको  समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

नेताहरुको दौडधुपले सत्ता समिकरण नै धर्मराइरहेको आँकलन भइरहेको बेला एमाले अध्यक्षले आइतबार एक कार्यक्रममा प्रचण्डसँको भेटमा भएका केही कुरा सार्वजनिक गरेका छन् । उनले प्रचण्डलाई आफूले सानातिना नियुक्तिहरूमा नअल्झिन सुझाव दिएको र परिस्थितिलाई विचार गरेर अघि बढ्न पनि भनेको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।