नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच  भेटवार्ता  भएको हो । 

शनिबार एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालकोटमा भेटवार्ता भएको थियो । त्यसपछि प्रचण्ड र ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको थियो । सुरुमा दुईजनाको मात्र भएको भेटवार्तामा पछि रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मिसिएका थिए ।

City Express

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले लामिछानेलाई बुझाएको पार्टीको प्रतिवेदन सञ्चार माध्यममा आएको र त्यसबाट उत्पन्न भएको विवादपछि शिर्षस्थ नेताहरुबिच निरन्तर भेटवार्ता भइरहेको छ । सोही क्रममा आज पनि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबिच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने  विषयका अतिरिक्त मुलुकको  समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

नेताहरुको दौडधुपले सत्ता समिकरण नै धर्मराइरहेको आँकलन भइरहेको बेला एमाले अध्यक्षले आइतबार एक कार्यक्रममा प्रचण्डसँको भेटमा भएका केही कुरा सार्वजनिक गरेका छन् । उनले प्रचण्डलाई आफूले सानातिना नियुक्तिहरूमा नअल्झिन सुझाव दिएको र परिस्थितिलाई विचार गरेर अघि बढ्न पनि भनेको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।