नेभिगेशन
सबै कुरा

२५ वटा भ्रष्टाचारकाे छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ, कोही बेचैन हुनुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफू भ्रष्टाचार नियन्त्रणको काममा लागिरहेको बताएका हुन् । 

संसदमा मौखिक प्रश्नोत्तरका क्रममा बोल्दै गृहमन्त्री रवि लामिछानेले विभिन्न कालखण्डमा भएका ठूला भ्रष्टाचारको अनुसन्धान र भ्रष्टाचार नियन्त्रण लागि आफू इमानदार भएर प्रयासरत रहेको बताएका छन् । ‘भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग संरचना नभएको हैन । संवैधानिक आयोगहरु छन्, अख्तियार नै छ । तर विभिन्न कारण र अड्चनहरुले गर्दा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको जनगुनासो र माननीयहरुको गुनासो कायम नै छ ।...’, उनले थपे, ‘...मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

त्यस्तै सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिने क्रममा उनले २५ वटा भ्रष्टाचार काण्डहरुलाई छानबिन गर्नका शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । ‘कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा मैले सम्मानित सदनमा गराइसकेको छु । त्यही भएर कोही पनि बेचैन हुनुपर्दैन’ गृहमन्त्री लामिछानेले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...