नेभिगेशन
सबै कुरा

२५ वटा भ्रष्टाचारकाे छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ, कोही बेचैन हुनुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा ठूला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफू भ्रष्टाचार नियन्त्रणको काममा लागिरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा मौखिक प्रश्नोत्तरका क्रममा बोल्दै गृहमन्त्री रवि लामिछानेले विभिन्न कालखण्डमा भएका ठूला भ्रष्टाचारको अनुसन्धान र भ्रष्टाचार नियन्त्रण लागि आफू इमानदार भएर प्रयासरत रहेको बताएका छन् । ‘भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग संरचना नभएको हैन । संवैधानिक आयोगहरु छन्, अख्तियार नै छ । तर विभिन्न कारण र अड्चनहरुले गर्दा अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको जनगुनासो र माननीयहरुको गुनासो कायम नै छ ।...’, उनले थपे, ‘...मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

Ncell
Extreme Energy

त्यस्तै सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिने क्रममा उनले २५ वटा भ्रष्टाचार काण्डहरुलाई छानबिन गर्नका शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । ‘कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा मैले सम्मानित सदनमा गराइसकेको छु । त्यही भएर कोही पनि बेचैन हुनुपर्दैन’ गृहमन्त्री लामिछानेले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।