नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगार विभागमा श्रममन्त्री अर्यालको छड्के अनुगमन : ठगीविरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन (भिडियाेसहित)

काठमाडाैँ । वैदेशिक रोजगारीमा हुने ठगी र कारवाहीको अवस्था बुझ्न सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल आफैँ वैदेशिक रोजगार पुगेका छन् । विभाग पुगेपछि श्रममन्त्री अर्यालले विभाग परिसरमा रहेको मेलमिलाप कक्षको अवलोकन गरे जहाँ उनले विभाग परिसरमा समस्या लिएर पुगेका युवाहरुसँग सोधपुछ गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विभागमा पुगेका श्रममन्त्री अर्यालसँग वैदेशिक रोजगारीमा ठगिएका सर्लाहीका नविन कुमार यादवले विभागले समस्या सम्बोधन नगरेको गुनासो गरे । स्वीफ्ट म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका यादवले श्रम सम्झौता अनुसार सेवा सुविधा नपाएपछि विभागमा उजुरी गरेका थिए । यादवले जेठ २३ गते विभागमा उजुरी गरेपनि विभागले हालसम्म उजुरीको सुनुवाई नगरेको बताए । विभागका कर्मचारीले म्यानपावरको सपोर्ट गर्दे उल्टै थर्काउने काम गरेको समेत उनले गुनासो गरे । 

यादवको समस्या सुनेपछि श्रममन्त्री अर्यालले विभागका महानिर्देशकसहित कर्मचारीसँग उनको उजुरीको बिषयमा सोधपुछ गरे । सोधपुछपछि उनको समस्या तत्काल समाधान गर्न मन्त्री अर्यालले निर्देशन दिए । मन्त्रीको निर्देशनपछि विभागले सोमबार नै म्यानपावर कम्पनीबाट पीडित यादवलाई दुई लाख ५० हजार रुपैयाँ असुल गराएको छ । 

त्यस्तै, मन्त्री अर्यालले विभागमा उपस्थित भएका अन्य युवाहरुको समस्याको विषयमा पनि जानकारी लिएपछि ठगी गर्नेलाई निर्मम रुपमा कारवाही गर्न निर्देशन दिएका छन् । उनले ठगी गर्नेहरु विरुद्ध शून्य सहनशीलता अपनाउन पनि निर्देशन दिएका छन् । आगामी एक हप्ता भित्रमा विभागको परिसरमा खाली हुने गरी पिडितको समस्या सम्बोधन गर्न उनले निर्देशन दिएका हुन्। 

वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न श्रममन्त्री अर्यालले कार्यकाल सुरु गरेदेखि ने अनेक प्रयास गरिरहेका छन् । मन्त्रालय सम्हाल्ने बितिकै उनले श्रम स्वीकृतिलाई एक घण्टामा नै सम्भव बनाएका छन् । चार दिन लाग्ने श्रम स्वीकृतिलाई एक घण्टामा नै सम्भव बनाएपछि श्रम स्वीकृतिको नाममा हुने ठगी नियन्त्रणमा लिइएको उनको दाबी छ । त्यस्तै, श्रमिकको गुनसोलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्न उनले श्रमाधान कल सेन्टर सञ्चालनमा ल्याएका छन् । श्रमिकको गुनासो सुनुवाईको लागि फास्ट ट्रयाकमा सम्बोधन गर्न मन्त्री अर्यालले बेलाबेलामा छड्के अनुगमनमा गएर कर्मचारीलाई निर्देशन दिने गरेका छन् । सोही क्रममा मन्त्री अर्याल सोमबार वैदेशिक रोजगार विभाग पुगेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।