नेभिगेशन
सबै कुरा

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति

काठमाडौँ । संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सहमति जुटेको हो । 

उनीहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले बतायो । सहमति अनुसार पहिले ओली प्रधानमन्त्री बन्नेछन्  । 

City Express

त्यस्तै उनीहरुबीच मन्त्रालयका विषयमा भागबन्डा मिलेको छ । कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति भएको छ । 

दुई दलबीच संविधान संसोधनको लागि समिति बनाउने समेत सहमति भएको छ । 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्नेबारे नेताहरुबीच छलफल चलिरहेको बारे सोमबार साँझ नै संकेत गरेका थिए । यता त्यसपछि ओलीले अफ्ना पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाएको समाचार पनि बाहिएिका थिए । तर मन्त्रीहरुलाई बोलाएको समाचार झुटो भएको भन्दै ओली सचिवालयले खण्डन समेत गरेको थियो । तर मध्यरातमा मन्त्रालयमा भागबन्डा सहित नयाँ सरकार बनाउन कांग्रेस र एमाले सहमत भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न...
तीनैजना मन्त्रीहरुद्वारा क्षतिग्रस्त संसद भवनको निरीक्षण

तीनैजना मन्त्रीहरुद्वारा क्षतिग्रस्त संसद भवनको निरीक्षण

गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ निरीक्षणका लागि...
शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै आफन्तसँग छलफल गरेका हुन् । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।