नेभिगेशन
सबै कुरा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडाैँ ।  कांग्रेस र एमालेबीचको मध्यरातको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सत्ता सञ्चालन गर्ने मध्यरातको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको र यस्तो अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको पार्टीका एक नेताले बताए । 

दुई ठूला दलहरु मिलेर सरकार बनाउने सहमतिपछि राजीनामा दिएर बाटो खुल्ला गर्ने वा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने भन्ने प्रधानमन्त्री प्रचण्डसँग अब २ विकल्प छन् । सोही विषयमा छलफलका लागि बैठक बोलाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...