नेभिगेशन
सबै कुरा

रास्वपा स्थायित्वको पक्षमा छ, एमाले कांग्रेसको गठबन्धनमा सहभागी हुँदैन : सन्तोष परियार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेकपा एमालेले बनाउन लागेको सरकारमा सहभागी नहुने जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

सचिवालय बैठकबाट बाहिरिने क्रममा सचेतक परियारले रास्वपा पहिलेदेखि नै स्थिरता चाहने राजनीतिक दल भएको र अस्थिरता निम्त्याउनेगरि भएको नयाँ सत्ता समिकरणमा सहभागी नहुने बताएका हुन् । 

त्यस्तै सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने टिप्पणी गरेका छन् । त्यस्तै उनले नयाँ गठबन्धनले सरकार बनाउने प्रक्रिया अगाडि बढाएपछि सरकारबार बाहिरिने बताएका छन् । 

रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते दोस्रो पटक सहभागी भएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...