नेभिगेशन
सबै कुरा

भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : गृहमन्त्री रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गरेपछि सरकार ढलेको बताएका छन् । मंगलबार पार्टीको सचिवालय बैठक सकेर निस्किने क्रममा उनले दुई ठूला राजनीतिक दलहरुआफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सत्ता समिकरण फेरबदलमा लागेको बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता समिकरण परिवर्तन र संविधान संसाेधनकाे प्रपञ्च गरिएकाे बताए । ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, 'त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो ।  यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’

विषम परिस्थितिमा दुई ठूला दलहरु मिलेर संविधान परिवर्तन गर्ने कुरा जायज भएपनि तत्कालका लागि गरिएको सो प्रपञ्च भ्रष्टहरुलाई जोगाउन गरिएको प्रयास भएको बताएका छन् । ‘अहिले के संकट आइपर्यो ? अहिले त सुशासनका लागि केही मानिसहरु पक्राउ परे । अहिले देशका लागि आउन लागको संकट थियो र भ्रष्टहरुलाई आउन लागेको संकट थियो ? कसलाई जोगाउन  खोजेको यो ? कसलाई जोगाउन लागि यो रातारात परिवर्तन भयो होला ? यति पनि नबुझ्ने को छ ?’, उनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...