नेभिगेशन
सबै कुरा

भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : गृहमन्त्री रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गरेपछि सरकार ढलेको बताएका छन् । मंगलबार पार्टीको सचिवालय बैठक सकेर निस्किने क्रममा उनले दुई ठूला राजनीतिक दलहरुआफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सत्ता समिकरण फेरबदलमा लागेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता समिकरण परिवर्तन र संविधान संसाेधनकाे प्रपञ्च गरिएकाे बताए । ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, 'त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो ।  यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’

Ncell
Extreme Energy

विषम परिस्थितिमा दुई ठूला दलहरु मिलेर संविधान परिवर्तन गर्ने कुरा जायज भएपनि तत्कालका लागि गरिएको सो प्रपञ्च भ्रष्टहरुलाई जोगाउन गरिएको प्रयास भएको बताएका छन् । ‘अहिले के संकट आइपर्यो ? अहिले त सुशासनका लागि केही मानिसहरु पक्राउ परे । अहिले देशका लागि आउन लागको संकट थियो र भ्रष्टहरुलाई आउन लागेको संकट थियो ? कसलाई जोगाउन  खोजेको यो ? कसलाई जोगाउन लागि यो रातारात परिवर्तन भयो होला ? यति पनि नबुझ्ने को छ ?’, उनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।