नेभिगेशन
सबै कुरा

प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूलाई बुढानिलकण्ठ बोलाइयो

काठमाडाैँ । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । 

कांग्रेस र एमालेबीच बन्न लागेको नयाँ सरकारमा सहभागी गराउने उद्धेश्यले विपक्षी दलहरुलाई देउवा निवास बुढानिलकण्ठमा बैठकमा बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए। उनका अनुसार मंगलबार साँझ बैठक बस्नेछ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच संविधान संसोधन गर्ने समेतका विषयमा सहमती भएका छन् । जसका लागि दुई तिहाई मतको आवश्यक पर्छ । सोही आवश्यकतालाई पूर्ति गर्न विपक्षी दललाई समेत सँगै लिएर जाने नयाँ गठबन्धनले तयारी गरेको छ । 

कांगेसले बैठकमा  राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बोलाएको बताइएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...