नेभिगेशन
सबै कुरा

शिक्षा मन्त्रालयले सुरु गर्याे ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ  वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।  सो लिङ्कमा गएर विद्यार्थीहरूले आफ्नो करिअरबारे सूचना र सहायता लिन सक्नेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ। 

Ncell
Extreme Energy

जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ। यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ। विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ।

वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेस्मेन्टमार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन्।  वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने ई-लर्निङ् का स्रोतहरू पनि राखिएको छ।

यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफैँ सञ्चालन गरेर ८ एपिसोडमा विभिन्न पेशाका मानिसहरूमार्फत ती पेशाका सम्भावना र चुनौतीबारे बहस पनि गरेकी थिइन्। ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ। 

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...