नेभिगेशन
सबै कुरा

शिक्षा मन्त्रालयले सुरु गर्याे ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ  वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।  सो लिङ्कमा गएर विद्यार्थीहरूले आफ्नो करिअरबारे सूचना र सहायता लिन सक्नेछन् । 

छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ। 

Dish home
City Express

जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ। यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ। विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ।

वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेस्मेन्टमार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन्।  वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने ई-लर्निङ् का स्रोतहरू पनि राखिएको छ।

यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफैँ सञ्चालन गरेर ८ एपिसोडमा विभिन्न पेशाका मानिसहरूमार्फत ती पेशाका सम्भावना र चुनौतीबारे बहस पनि गरेकी थिइन्। ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ। 

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम लागु गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।