नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक भइरहेकाे हाे । पछिल्लो राजनीतिक घटनाक्रम र महामन्त्रीले पार्टीमा बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेकाे छ । 

प्रचण्ड नेतृत्वको सरकारमा सत्ता साझेदार बनेको रास्वपा एमाले र नेपाली कांग्रेसको नयाँ गठबन्धनको सहमती भएसँगै सत्ताबाट बाहिरिने पक्कापक्की भएको छ । तर रास्वपाको मंलगबार बसेको सचिवालय ब्रैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले तत्काल राजीनामा नदिने र सरकार गठनको प्रक्रिया अघि बढेपछि मात्रै मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने बताएको थियो । 

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...