नेभिगेशन
सबै कुरा

रास्वपा महामन्त्री ढकालको प्रस्तावः सभापति र उपसभापति बाहेक सबै केन्द्रीय सदस्य २ साता गुप्तबास बसौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको दिर्घकालिन रणनीति तय गर्न १०० दिनको खाका प्रस्ताव गरेका छन् । समीक्षा यात्राको प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश नभएपछि उनले सञ्चार माध्यममा सार्वजनिक गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिखित रुपमा गरिएको प्रस्तावमा उनले अबको १०० दिनमा 'रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं'  भन्दै खाका समेत पेश गरेका छन् । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरु २ हप्ता गुप्तबास बसेर भावी रणनीति तय गर्नुपर्ने उल्लेख गरिएको छ ।

Ncell
Extreme Energy

प्रस्तावमा भनिएको छ, 'अबको २ हप्ता तयारी गरौँ ,त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔँ' । गुप्तबासका क्रममा आफूले महामन्त्रीको राय राख्ने तर मत नराख्ने भन्दै ढकालले पार्टीको विधान,संगठनात्मक ढाँचा, अबको कार्यदिशा र महाधिवेशनको बाटो लगायतका विषयमा निर्णय गर्ने प्रस्ताव गरेका छन् ।  

तर उनकाे यो प्रस्ताव केन्द्रीय समिति बैठकमा भने पेश नभएको ढकालले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।