नेभिगेशन
सबै कुरा

साताको पहिलो दिन दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम छ अर्ब नाँघेको छ । नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयर ८० हजार आठ सय ३८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ बराबरको कारोबार भएको छ ।

Ncell
Extreme Energy

विकास बैंक समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव ७८, होटल तथा पर्यटन दुई दशमलव ९६, जलविद्युत् शून्य दशमलव ०१, लगानी एक दशमलव ८५ र जीवन बीमा एक दशमलव ५२ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त एक दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ३२ र अन्य समूहको उपसूचक दुई दशमलव २५ प्रतिशतले बढेको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार सात सय ३० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।