नेभिगेशन
सबै कुरा

संविधान निर्माणमा सुवास नेम्वाङको भुमिका उल्लेखनीय : केपी शर्मा ओली

२ असाेज, ललितपुर : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणमा सुवास नेम्वाङकाे भुमिका उल्लेखनीय रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचनमा बोल्दै संविधान निर्माणमा स्व. सुवास नेम्वाङले दिएको योगदानको प्रशंसा गरेका छन् ।

Ncell
Extreme Energy

उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले  ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको समेत बताए।

उनले भने, ‘सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्यो, जसले संविधान निर्माणको अगुवाई गर्यो, उहाँ त हुनुहुन्न। अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु। उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ। सबैमा चेतना भया। तर नेकपा एमाले प्रतिवद्ध छ। यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्याई छोडन एमाले प्रतिवद्ध छ।’

कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

त्यस्तै उनले देश गम्भीर संकटको अवस्थामा भएका कारण ती समस्याको समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।