नेभिगेशन
सबै कुरा

संविधान निर्माणमा सुवास नेम्वाङको भुमिका उल्लेखनीय : केपी शर्मा ओली

२ असाेज, ललितपुर : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणमा सुवास नेम्वाङकाे भुमिका उल्लेखनीय रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचनमा बोल्दै संविधान निर्माणमा स्व. सुवास नेम्वाङले दिएको योगदानको प्रशंसा गरेका छन् ।

Extreme Energy

उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले  ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको समेत बताए।

उनले भने, ‘सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्यो, जसले संविधान निर्माणको अगुवाई गर्यो, उहाँ त हुनुहुन्न। अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु। उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ। सबैमा चेतना भया। तर नेकपा एमाले प्रतिवद्ध छ। यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्याई छोडन एमाले प्रतिवद्ध छ।’

कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

त्यस्तै उनले देश गम्भीर संकटको अवस्थामा भएका कारण ती समस्याको समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै