नेभिगेशन
सबै कुरा

शिक्षामन्त्री सुमनाकाे प्रष्टीकरण : मैले विदेशको नागरिकता मात्रै हैन, कुनै देशको पीआर र ग्रीनकार्ड समेत लिएको छैन

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग विदेशको नागरिकता नभएको र नेपालको नागरिक रहेको प्रष्ट पारेकी छिन् । राष्ट्रिय सर्तकता केन्द्रबाट आफूलाई स्पष्टीकरण सोधिएको विषयमा उनले आफूले नेपाली नागरिकता बाहेक कुनै पनि देशका नागरिकता र पीआर नलिएको प्रष्ट पारेकी छिन् । 

युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै सर्तकता केन्द्रले पत्र काटेपछि बिहिबार एक्समा भिडियो अपलोड गर्दै उनले आफूले २० भन्दा धेरै देश भ्रमण गरेको तर कुनैपनि राष्ट्रको राष्ट्रिय परिचयपत्र नलिएको बताएकी छिन् ।  ‘मैले करिब २० वटा देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रीनकार्ड तथा पीआर समेत लिएको छैन ।’, उनले भनेकी छिन् । 

त्यस्तै उनले आफ्नो पति पोल्याण्डको भएपनि आफूले पोल्याण्डको नागरिकता नलिएको बरु आफू शिक्षामन्त्री भएको समयावधी भन्दा थोरै समय उक्त देशमा बसेको बताएकी छिन् । त्यस्तै उनले आफूलाई उजुरी परेअनुरुप कुनै पनि प्रक्रिया थाहा नभएको र आफूमाथि उजुरी परेपछि मात्र उक्त प्रक्रियाको बारेमा बुझेको बताएकी छिन् । ‘...त्यसको प्रक्रिया समेत थाहा थिएन । म शिक्षामन्त्री भएको करिव १ सय २० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ ।’, उनले भनेकी छिन् । 

विदेशको नागरिकता र नेपालको नागरिकता एकैसाथ लिएर प्रयोग गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेरको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...