नेभिगेशन
सबै कुरा

शिक्षामन्त्री सुमनाकाे प्रष्टीकरण : मैले विदेशको नागरिकता मात्रै हैन, कुनै देशको पीआर र ग्रीनकार्ड समेत लिएको छैन

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग विदेशको नागरिकता नभएको र नेपालको नागरिक रहेको प्रष्ट पारेकी छिन् । राष्ट्रिय सर्तकता केन्द्रबाट आफूलाई स्पष्टीकरण सोधिएको विषयमा उनले आफूले नेपाली नागरिकता बाहेक कुनै पनि देशका नागरिकता र पीआर नलिएको प्रष्ट पारेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै सर्तकता केन्द्रले पत्र काटेपछि बिहिबार एक्समा भिडियो अपलोड गर्दै उनले आफूले २० भन्दा धेरै देश भ्रमण गरेको तर कुनैपनि राष्ट्रको राष्ट्रिय परिचयपत्र नलिएको बताएकी छिन् ।  ‘मैले करिब २० वटा देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रीनकार्ड तथा पीआर समेत लिएको छैन ।’, उनले भनेकी छिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले आफ्नो पति पोल्याण्डको भएपनि आफूले पोल्याण्डको नागरिकता नलिएको बरु आफू शिक्षामन्त्री भएको समयावधी भन्दा थोरै समय उक्त देशमा बसेको बताएकी छिन् । त्यस्तै उनले आफूलाई उजुरी परेअनुरुप कुनै पनि प्रक्रिया थाहा नभएको र आफूमाथि उजुरी परेपछि मात्र उक्त प्रक्रियाको बारेमा बुझेको बताएकी छिन् । ‘...त्यसको प्रक्रिया समेत थाहा थिएन । म शिक्षामन्त्री भएको करिव १ सय २० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ ।’, उनले भनेकी छिन् । 

विदेशको नागरिकता र नेपालको नागरिकता एकैसाथ लिएर प्रयोग गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेरको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।