नेभिगेशन
सबै कुरा

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस एमालेले नयाँ सरकार गठनको प्रक्रिया आजै सुरु गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमती भएसँगै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो । 

Ncell
Extreme Energy

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

२७५ सदस्यीय प्रतिनिधिसभामा  प्रचण्डसँग माओवादीका ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी ६३ सांसदको मात्रै मत रहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउनका लागि  १३८ मत चाहिन्छ, । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । 

प्रधानमन्त्रीले विश्वासको मत विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठनका लागि  कांग्रेस, एमाले लगायत दलले आजै राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।