नेभिगेशन
सबै कुरा

सवा २ अर्ब खर्चिएर बालेनले चिटिक्क बनाएको काठमाडौँको फुटपाथ

काठमाडौँ । पछिल्लो समय काठमाडौँका सडक छेउका फुटपाथ आकर्षक देखिन थालेका छन् । शहरका मुख्य र सहायक सडकको दायाँ बायाँ आकर्षक डिजाइन सहितको फुटपाथ कतै निर्माण सकिएको छ कतै निर्माणाधीन अवस्थामा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

आकर्षक फुटपाथका कारण काठमाडौँको सौन्दर्य बढेको, अशक्त र पैदल यात्रीका लागि निकै सहज भएको भन्दै महानगरको चौतर्फी तारिफ भइरहेको छ । राम्रो फुटपाथको जस महानगरका मेयर बालेन्द्र साहले लिइरहँदा पुराना दलका कतिपय नेताहरूले काठमाडौँको फुटपाथ बालेन शाहले नभई संघीय सरकारले बनाएको दाबी गरिरहेका छन् ।

आज हामी काठमाडौँको आकर्षक फुटपाथ भित्रको खास तथ्य केलाउँदै छौँ ।  

केही वर्षअघिसम्म सहरमा चारपाटे कङ्क्रिट इँट्टाको फुटपाथ थियो । फुटपाथ त थियो तर त्यो अशक्त र पैदलयात्रीमैत्री सँगै आकर्षक थिएन । देशको राजधानी सहरको बिरक्त लाग्दो फुटपाथलाई नयाँ स्वरुप दिन नवनिर्वाचित स्वतन्त्र मेयर बालेन साहले योजना अघि सारे । 


नयाँ स्वरूपमा बलियो र आकर्षक फुटपाथका लागि भन्दै महानगरले गत आर्थिक वर्षबाटै काम सुरु गरे पनि नतिजा भने अहिले आएर देखिएको छ । गत वर्षकै कामलाई निरन्तरताका रुपमा आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत २ अर्ब १५ करोड रुपैयाँ बजेट बिनियोजन फुटपाथका लागि गरिएको थियो ।

महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार महानगरभित्रको सबै सडक सञ्जालमा सतह मिलेको आकर्षक पैदल मार्ग हुनेगरि सुधार कार्यका लागि उक्त रकम विनियोजन गरिएको थियो । जसबाट चालु आर्थिक वर्षमा प्रतिस्पर्धात्मक ठेक्कामार्फत काम सुरु भएको शाक्यले बताए । पैदलमार्गलाई यात्रुमैत्री बनाउन निर्माण, मर्मत तथा सुधारका लागि काम भइरहेको र निर्माण सकिएको फुटपाथ आकर्षक देखिएको उनले बताए । नयाँ बनेका फुटपाथमा रङ्गीन ब्लकहरु छापिएका छन् ।

पैदलमार्ग सुधार कार्यक्रम अन्तर्गत बानेश्वर–तीनकुने क्षेत्रमा साइकल लेनसहितको पैदलमार्ग बन्नेछ भने दरबारमार्ग क्षेत्रमा  ग्रेनाइट छापिने महानगरले जनाएको छ । 


पालिकाभित्र पर्ने कुल एक हजार ३ सय किलोमिटर सडकका दुवैतर्फ फुटपाथ व्यवस्थापन गर्ने कार्य महानगरले गरिरहेको शाक्यले बताए । ‘सबै वडा अन्तर्रगतको १३ सय किलोमिटर सडकमध्ये धेरै जसोमा फुटपाथको काम भइरहेको छ,’ शाक्यले भने, ‘कति सकियो कति बाँकी छ अद्यावधिक गर्दैछौँ ।’

सार्वजनिक निर्माण विभागका अनुसार वडा २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्र, वडा २६ लैनचौरबाट वडा १६ सोह्रखुट्टे हुँदै बालाजुसम्म, लैनचौरबाट वडा २ को लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्ड, वडा २८ को प्रदर्शनी मार्ग, वडा ११ को त्रिपुरेश्वरदेखि सुन्धारासम्म फुटपाथको काम थालिएको थियो ।जसमा केहीको काम सकिएको छ भने केही क्षेत्रमा काम भइरहेको महानगरले जनाएको छ ।


महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्म, नयाँ बजार, बालुवाटार सडक खण्ड, तीनकुनेदेखि वडा  ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा क्षेत्रमा पनि महानगरले फुटपाथ स्तरोन्नति गरेको छ ।

नयाँ बानेश्वरदेखि वडा ९ पुरानो बानेश्वरसम्म, थापाथलीदेखि वडा १२ टेकु हुँदै वडा १३ कालीमाटीसम्म पनि फुटपाथ बिस्तारको काम भइरहेको छ । 

बागबजार, चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर,भीमसेनगोला सिनामंगल सडक खण्डमापनि फुटपाथको काम भइरहेको छ । 


कालीमाटीदेखि सोल्टी मोडहुँदै कलंकीसम्म,गौशालादेखि चावहिलसम्म, गौशालादेखि रातोपुलसम्म, बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्डमा पनि कतै काम सकिएको छ भने कतै काम भइरहेको छ ।

जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्म, बालमन्दिरदेखि नक्साल, नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै डिल्लीबजार क्षेत्रमा पनि फुटपाथ बनिसकेको छ । महानगरको अहिले बनेको फुटपाथमा प्रयोग गरिएको रङ्गिन ब्लकले ३५ टन बराबरको भारबहन क्षमता धान्ने विभाग प्रमुख शाक्यले बताए ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त पन्तका अनुसार निजहरुले झुटो विवरण पेश गरि जिँऊदो मानिसको मृत्युदर्ता बनाएको आरोपमा पक्राऊ गरिएको हो ।
वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडाले वडापरिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन...
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...