नेभिगेशन
सबै कुरा

सवा २ अर्ब खर्चिएर बालेनले चिटिक्क बनाएको काठमाडौँको फुटपाथ

काठमाडौँ । पछिल्लो समय काठमाडौँका सडक छेउका फुटपाथ आकर्षक देखिन थालेका छन् । शहरका मुख्य र सहायक सडकको दायाँ बायाँ आकर्षक डिजाइन सहितको फुटपाथ कतै निर्माण सकिएको छ कतै निर्माणाधीन अवस्थामा छन् । 


आकर्षक फुटपाथका कारण काठमाडौँको सौन्दर्य बढेको, अशक्त र पैदल यात्रीका लागि निकै सहज भएको भन्दै महानगरको चौतर्फी तारिफ भइरहेको छ । राम्रो फुटपाथको जस महानगरका मेयर बालेन्द्र साहले लिइरहँदा पुराना दलका कतिपय नेताहरूले काठमाडौँको फुटपाथ बालेन शाहले नभई संघीय सरकारले बनाएको दाबी गरिरहेका छन् ।

आज हामी काठमाडौँको आकर्षक फुटपाथ भित्रको खास तथ्य केलाउँदै छौँ ।  

केही वर्षअघिसम्म सहरमा चारपाटे कङ्क्रिट इँट्टाको फुटपाथ थियो । फुटपाथ त थियो तर त्यो अशक्त र पैदलयात्रीमैत्री सँगै आकर्षक थिएन । देशको राजधानी सहरको बिरक्त लाग्दो फुटपाथलाई नयाँ स्वरुप दिन नवनिर्वाचित स्वतन्त्र मेयर बालेन साहले योजना अघि सारे । 


नयाँ स्वरूपमा बलियो र आकर्षक फुटपाथका लागि भन्दै महानगरले गत आर्थिक वर्षबाटै काम सुरु गरे पनि नतिजा भने अहिले आएर देखिएको छ । गत वर्षकै कामलाई निरन्तरताका रुपमा आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत २ अर्ब १५ करोड रुपैयाँ बजेट बिनियोजन फुटपाथका लागि गरिएको थियो ।

महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार महानगरभित्रको सबै सडक सञ्जालमा सतह मिलेको आकर्षक पैदल मार्ग हुनेगरि सुधार कार्यका लागि उक्त रकम विनियोजन गरिएको थियो । जसबाट चालु आर्थिक वर्षमा प्रतिस्पर्धात्मक ठेक्कामार्फत काम सुरु भएको शाक्यले बताए । पैदलमार्गलाई यात्रुमैत्री बनाउन निर्माण, मर्मत तथा सुधारका लागि काम भइरहेको र निर्माण सकिएको फुटपाथ आकर्षक देखिएको उनले बताए । नयाँ बनेका फुटपाथमा रङ्गीन ब्लकहरु छापिएका छन् ।

पैदलमार्ग सुधार कार्यक्रम अन्तर्गत बानेश्वर–तीनकुने क्षेत्रमा साइकल लेनसहितको पैदलमार्ग बन्नेछ भने दरबारमार्ग क्षेत्रमा  ग्रेनाइट छापिने महानगरले जनाएको छ । 


पालिकाभित्र पर्ने कुल एक हजार ३ सय किलोमिटर सडकका दुवैतर्फ फुटपाथ व्यवस्थापन गर्ने कार्य महानगरले गरिरहेको शाक्यले बताए । ‘सबै वडा अन्तर्रगतको १३ सय किलोमिटर सडकमध्ये धेरै जसोमा फुटपाथको काम भइरहेको छ,’ शाक्यले भने, ‘कति सकियो कति बाँकी छ अद्यावधिक गर्दैछौँ ।’

सार्वजनिक निर्माण विभागका अनुसार वडा २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्र, वडा २६ लैनचौरबाट वडा १६ सोह्रखुट्टे हुँदै बालाजुसम्म, लैनचौरबाट वडा २ को लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्ड, वडा २८ को प्रदर्शनी मार्ग, वडा ११ को त्रिपुरेश्वरदेखि सुन्धारासम्म फुटपाथको काम थालिएको थियो ।जसमा केहीको काम सकिएको छ भने केही क्षेत्रमा काम भइरहेको महानगरले जनाएको छ ।


महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्म, नयाँ बजार, बालुवाटार सडक खण्ड, तीनकुनेदेखि वडा  ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा क्षेत्रमा पनि महानगरले फुटपाथ स्तरोन्नति गरेको छ ।

नयाँ बानेश्वरदेखि वडा ९ पुरानो बानेश्वरसम्म, थापाथलीदेखि वडा १२ टेकु हुँदै वडा १३ कालीमाटीसम्म पनि फुटपाथ बिस्तारको काम भइरहेको छ । 

बागबजार, चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर,भीमसेनगोला सिनामंगल सडक खण्डमापनि फुटपाथको काम भइरहेको छ । 


कालीमाटीदेखि सोल्टी मोडहुँदै कलंकीसम्म,गौशालादेखि चावहिलसम्म, गौशालादेखि रातोपुलसम्म, बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्डमा पनि कतै काम सकिएको छ भने कतै काम भइरहेको छ ।

जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्म, बालमन्दिरदेखि नक्साल, नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै डिल्लीबजार क्षेत्रमा पनि फुटपाथ बनिसकेको छ । महानगरको अहिले बनेको फुटपाथमा प्रयोग गरिएको रङ्गिन ब्लकले ३५ टन बराबरको भारबहन क्षमता धान्ने विभाग प्रमुख शाक्यले बताए ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...