नेभिगेशन
सबै कुरा

शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षा मन्त्रालयमा नभएपनि शिक्षा समितिमा बसेर काम गर्छु : सुमना श्रेष्ठ

काठमाडाैँ । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुने बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले शिक्षा मन्त्रालयको महत्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्जल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् । देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने पनि बताइन् । 

कार्यक्रममा शिक्षा सचिव दिपक काफ्लेले राजनीतिक नेतृत्वसँग नै राज्य सञ्चालन गर्ने दायित्व हुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरु सामुहिक रुपमा संसदप्रति उत्तरदायि हुने तथा सचिव नीतिगत व्यवस्थामा मन्त्रीप्रति उत्तरदायी हुने र प्रशासनिक कार्य सम्पदानमा मुख्यसचिव उत्तरदायी भएर काम गर्ने संवैधानिक प्रावधान अनुसार मन्त्री श्रेष्ठले कुशल र दक्षतापूर्ण प्रभावकारी काम गरेको चर्चा गरे । 

उनले मन्त्रालयका कर्मचारीले पनि आ-आफ्नो भूभिका अनुसार काम गर्न मन्त्री श्रेष्ठलाई सहयोग गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै