नेभिगेशन
सबै कुरा

शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षा मन्त्रालयमा नभएपनि शिक्षा समितिमा बसेर काम गर्छु : सुमना श्रेष्ठ

काठमाडाैँ । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुने बताइन् । 


उनले शिक्षा मन्त्रालयको महत्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्जल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् । देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने पनि बताइन् । 

कार्यक्रममा शिक्षा सचिव दिपक काफ्लेले राजनीतिक नेतृत्वसँग नै राज्य सञ्चालन गर्ने दायित्व हुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरु सामुहिक रुपमा संसदप्रति उत्तरदायि हुने तथा सचिव नीतिगत व्यवस्थामा मन्त्रीप्रति उत्तरदायी हुने र प्रशासनिक कार्य सम्पदानमा मुख्यसचिव उत्तरदायी भएर काम गर्ने संवैधानिक प्रावधान अनुसार मन्त्री श्रेष्ठले कुशल र दक्षतापूर्ण प्रभावकारी काम गरेको चर्चा गरे । 

उनले मन्त्रालयका कर्मचारीले पनि आ-आफ्नो भूभिका अनुसार काम गर्न मन्त्री श्रेष्ठलाई सहयोग गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...