नेभिगेशन
सबै कुरा

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि सपथ

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएसँगै नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीले दाबी पेश गरेका थिए । उनले १६६ सांसदसहित दाबी पेस गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्रस्तावमा पेश भएका उनलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् । उनको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ।

राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ। 

प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओली चौथो पटक सरकारको नेतृत्व गर्न लागेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...