नेभिगेशन
सबै कुरा

कृषि मन्त्रालयमा रामनाथ अधिकारीको इन्ट्री, मन्त्रालयको ढोकामा कर्मचारीहरुको आन्दोलन

काठमाडाैँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको पदभार सम्हाल्न पुग्दा मन्त्रालयका कर्मचारीहरु आन्दोलनरत अवस्थामा पाएका छन् । सोमबार पदभार सम्हाल्न मन्त्रालय पुगेका मन्त्री अधिकारीले मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि नै मन्त्रालयका कर्मचारी आन्दोलनरत अवस्थामा पाएका हुन् । 

कृषि मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरूको कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न दबाब दिँदै आन्दोलन जारी राखेका हुन् । सोही समयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले फुलमालाको सट्टा कर्मचारीको असहयोग पाएका छन् । 

धर्नामा रहेका कर्मचारीहरुसँग केही समय कुराकानी गरेपछि उनी पदभार नै नगरी क्यान्टिनमा गएर बसेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...