नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले दियो ९ सय ११ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर मातहतको श्रम बैंकमार्फत् ९ सय ११ जनालाई रोजगारी दिएको छ । महानगरका मेयर बालेन शाहले स्टाटस लेख्दै महानगरमा रोजगारीका लागि आवेदन दिइएको र रोजगार मेलाले ९ सय बढीलाई रोजगारी दिन सफल भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर शाहले ३ सय २९ जनालाई निजी क्षेत्रमा रोजगारीमा लगाइएको र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको बताएका छन् । जसमा ५ सय ८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको बताएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै मेयर शाहले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४ सय ६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम लिएको समेत बताएका छन् । 

उनले भनेका छन्, ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ’।

उनले स्टाटसमार्फत दक्ष, अदक्ष र अर्धदक्ष युवाहरुले रोजगारी पाएको जानकारी दिएका छन् । उनका अनुसार श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्धदक्ष ३८ जना र अदक्ष ४ सय १८ गरी जम्मा ९ सय ११ जनाले रोजगारी पाएका छन्। 

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८ सय जना युवा युवतीहरु  रोजगार र स्वरोजगार भएको पनि महानगरको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै