नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले दियो ९ सय ११ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर मातहतको श्रम बैंकमार्फत् ९ सय ११ जनालाई रोजगारी दिएको छ । महानगरका मेयर बालेन शाहले स्टाटस लेख्दै महानगरमा रोजगारीका लागि आवेदन दिइएको र रोजगार मेलाले ९ सय बढीलाई रोजगारी दिन सफल भएको बताएका छन् । 

मेयर शाहले ३ सय २९ जनालाई निजी क्षेत्रमा रोजगारीमा लगाइएको र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको बताएका छन् । जसमा ५ सय ८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको बताएका छन् ।

त्यस्तै मेयर शाहले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४ सय ६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम लिएको समेत बताएका छन् । 

उनले भनेका छन्, ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ’।

उनले स्टाटसमार्फत दक्ष, अदक्ष र अर्धदक्ष युवाहरुले रोजगारी पाएको जानकारी दिएका छन् । उनका अनुसार श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्धदक्ष ३८ जना र अदक्ष ४ सय १८ गरी जम्मा ९ सय ११ जनाले रोजगारी पाएका छन्। 

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८ सय जना युवा युवतीहरु  रोजगार र स्वरोजगार भएको पनि महानगरको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...