नेभिगेशन
सबै कुरा

सर्वोच्चले खोलिदियो सुकुम्बासी बस्ती हटाउने बाटो, पहिले विकल्प दिनुपर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको नदी किनारका सरकारी जग्गामा अनाधिकृत रुपमा बसेको बस्ती हटाउन बाटो खुलेको छ । सर्वोच्च अदालतको आदेशसँगै अनाधिकृत बस्ती हटाउन बाटो खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले २०८० पुस ३ गते गरेको फैसला अहिले सार्वजनिक भएको छ । उक्त फैसलामा नदी किनारामा बसेका सुकम्बासीहरुलाई विकल्प दिएर हटाउन सकिने उल्लेख छ । 

Ncell
Extreme Energy

२०६८ बैशाख ९ गते जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले नदीमा सिधै ढल मिसाउँदा बागमति, विष्णुमति लगायतका नदीहरु ढलमा परिणत भएको भन्दै रिट दायर गरेका थिए । 

सोही रिटउपर सुनुवाई गर्दै  सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने, कुनै नदी वा खोलाको हकमा सीमा नतोकिएको भएमा किरानाबाट दायाँबायाँ न्यूनतम २० मिटर सीमा निर्धारण गर्न अदालतले परमादेश जारी गरेको छ । त्यस्तै वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका रुपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिएको हो । 

त्यसरी बस्ती हटाउँदा बाढीको जोखिममा रहेका घर टहरालाई पहिलो चरणमा र नदी किनारका क्षेत्र ओगटेर बसेकाहरुलाई अन्य चरणमा हटाउन सर्वोच्चले आदेश गरेको छ । फैसलामा नदीक्षेत्रका सार्वजनिक जग्गा खाली गरी हरियाली बनउन भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।