नेभिगेशन
सबै कुरा

सुर्ती, गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने उद्योग समितिकाे निर्णय

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती, गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुड्का लगाएत कच्च पदार्थको यकिन विवरण समितिमा पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने बिभिन्न फ्लेवर, क्याप्सुल जस्ता नशालू पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ भने सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अव्दुल खानले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसंगै मन्त्रालयले गरेका कामहरुको बिबरण समय–समयमा सार्वजनिक गरिने बताए ।

मन्त्रालयभित्र समस्यामा रहेका बिषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुराउने उनले प्रतिवद्धता जनाए । मन्त्री भण्डारीले उद्योगीहरुको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गरे । 

बैठकमा चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेश गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...