नेभिगेशन
सबै कुरा

महानगरभित्रको पठनपाठनबारे अनुगमन गर्न बालेनले पठाए नगर प्रहरी

४ असोज, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगगरभित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक आन्दोलनको प्रभावबारे अनुगमन गर्न नगर प्रहरी खटाएको छ । उनीहरुलाई महानगरभित्रका विद्यालयहरुको प्रभाव मूल्यांकन गर्न मेयर बालेन साहले निर्देशन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनपछि नियमित पठनपाठन सञ्चालन नभएका विद्यालय तथा शिक्षकहरुलाई महानगरको शिक्षा विभागले आवश्यक कारवाही गर्ने बताइएको छ । 

Ncell
Extreme Energy

महानगभित्रका सामुदायिक विद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनमा जाने तयारी गरेपछि मेयर शाहले शिक्षकहरुको मागका सम्बन्धमा आफ्नो पनि असहमति भएको तर विद्यालय बन्द नगर्न आग्रह गरेका थिए । उनले महानगरका विद्यालय बन्द भएका कारबाही हुने समेत बताएका थिए । तर महानगरका प्रधानाध्यापकहरुले भने विज्ञप्ती जारी गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका थिए । र आज पनि माइतीघर र बानेश्वर क्षेत्रमा ठूलो संख्यामा शिक्षकहरुको उपस्थिती छ । 

उनीहरुको आन्दोलनको कारण काठमाडौं मात्र नभएर देशभरका विद्यालयको पढाई प्रभावित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...