नेभिगेशन
सबै कुरा

उपसभामुखलाई विवादमा तानेर पदीय लेनदेन मिलाउन अनर्गल प्रचार गरियोः रास्वपा

काठमाडौँ । अमेरिकी दूतावासमा भिसाको अन्तर्वाताको लागि पत्र लेखेपछि विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार प्रवक्ता मनिषा झाले एक विज्ञप्ती जारी गर्दै अन्तर्वाताको मितिका लागि पत्र लेखिएको देखिएपनि भिसाा दिलाउन वा अन्य प्रयोजनमा कुनै आर्थिक लेनदेन नभएको जनाइएको छ ।  


विज्ञप्तीमा पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ । 

विज्ञप्तीमा भनिएको छ ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, । 

साथै उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले जनाएको छ । 

विज्ञप्तीमा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको समेत उल्लेख गरिएको छ । 

प्रवक्ता झाले रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिकी दूतावासमा अन्तर्वाताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छिन् ।

पत्र सार्वजनिक भएपछि उपसभामुख रानाले आफूले एउटै कार्यक्रममा जाने भनिएकाले अन्तवार्ताको समय मिलाइदिन मात्रै पत्र लेखेको तर कुनै अनैतिक काम नभएको बताएकी छिन् । साथै आर्थिक लेनदेन नभएको दाबी गरेकी छिन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...