नेभिगेशन
सबै कुरा

उपसभामुखलाई विवादमा तानेर पदीय लेनदेन मिलाउन अनर्गल प्रचार गरियोः रास्वपा

काठमाडौँ । अमेरिकी दूतावासमा भिसाको अन्तर्वाताको लागि पत्र लेखेपछि विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार प्रवक्ता मनिषा झाले एक विज्ञप्ती जारी गर्दै अन्तर्वाताको मितिका लागि पत्र लेखिएको देखिएपनि भिसाा दिलाउन वा अन्य प्रयोजनमा कुनै आर्थिक लेनदेन नभएको जनाइएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विज्ञप्तीमा पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ । 

विज्ञप्तीमा भनिएको छ ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, । 

साथै उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले जनाएको छ । 

विज्ञप्तीमा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको समेत उल्लेख गरिएको छ । 

प्रवक्ता झाले रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिकी दूतावासमा अन्तर्वाताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छिन् ।

पत्र सार्वजनिक भएपछि उपसभामुख रानाले आफूले एउटै कार्यक्रममा जाने भनिएकाले अन्तवार्ताको समय मिलाइदिन मात्रै पत्र लेखेको तर कुनै अनैतिक काम नभएको बताएकी छिन् । साथै आर्थिक लेनदेन नभएको दाबी गरेकी छिन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै