नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन तस्करीका अभियुक्तलाई भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न अख्तियार र सम्पत्ति सुद्धिकरण विभागलाई सरकारी वकिलको पत्र

४ असोज, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणका अभियुक्त विमानस्थल भन्सार कार्यालयका ५ जनामाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ । साथै पक्राउ परेका १६ जनामाथि सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गर्नुपर्ने देखिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन प्रकरणमा पक्राउ परेका भन्सारका अधिकृत सन्तोष चन्द, जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे का कर्मचारी सरोज श्रेष्ठलाई भ्रष्ट्राचारमा पनि अनुसन्धान गर्न आवश्यक रहेकोले अख्तियारलाई पत्र लेखिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । 

Everest cinsult

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले भदौ २७ गते जिल्ला सरकारी वकिलको कार्यालयलाई राय सहितको प्रतिवेदन पेश गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो । 

जसमध्ये ५ जना कर्मचारीलाई भ्रष्ट्राचारमा पनि अनुसन्धान गर्न आवश्यक देखिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सँगै कार्यालयले अभियुक्त १६ जनालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमार्फत समेत अनुसन्धान गर्न सिफरिस गरेको छ । सरकारी वकिलको कार्यालयका अनुसार तस्करीमा संलग्नहरुले अवैध रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यवसायमा लगानी गरिएको हुनसक्ने देखिएको छ । 

EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

सुन तस्करीको नेपालका व्यवस्थापक दावा छिरिङकी पत्नी अमला रोकाको नाममा होटल, क्यासिनो, सुन उत्खनन् तथा प्रशोधन कम्पनीदेखि अटोमोबाइल्ससम्मा लगानी रहेको देखिएको छ । सो सम्पत्तिको स्रोत सुन तस्करी गरी कमाएको अवैध रकम हुनसक्ने भन्दै अनुसन्धान गर्न सिफरिस गरिएको हो । कार्यालयले दावा, दावापत्नी अमला रोका, किशोर बस्नेत, जीवन चलाउने, हर्कराज राई, शिबकुमार सरार्फ लगायत १६ जनालाई सम्पत्ति शुद्धिकरणमा पनि छानबिन गर्न भनेको छ ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...