नेभिगेशन
सबै कुरा

बालेनको शिक्षकलाई व्यंग्य : नटिप्नु हेर कोपिला...

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरुप्रति व्यंग्य गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरका शिक्षकहरु काठमाडौंको माइतिघर र बानेश्वरमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा उनीहरुले सडकको डिभाइडरमा लगाइएको बिरुवा र दुबो नष्ट गरेको दृश्य सामाजिक संजालमा फेसबुकमा राख्दै शिक्षकहरुप्रति व्यंग्य गरेका हुन् । 

Ncell
Extreme Energy

उनले विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई पढाउने गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक हरफ साभार गरेर व्यंग्य गरेका छन् । उनले लेखेका छन् ः

‘नटिप्नु हेर कोपिला 

नचुँड्नु पाप लाग्दछ

नच्यात्नु फुल नानी हो

दया र धर्म भाग्दछ ’

यी पंती बालबालिकालाई शिक्षकहरुले कक्षाकोठामा अत्याधिक रटाउने पंती हुन् । तर आन्दोलनका क्रममा शिक्षकहरुले नै बोट बिरुवाको नास गरेपछि बालेन तस्विरसहित उक्त स्टाटस लेखेका हुन् । 

सडकपेटी तथा डिभाइडरमा रोपिएका बोटविरुवाहरुको महानगरले निरन्तर संरक्षण गर्दै आएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...