नेभिगेशन
सबै कुरा

बालेनको शिक्षकलाई व्यंग्य : नटिप्नु हेर कोपिला...

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरुप्रति व्यंग्य गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरका शिक्षकहरु काठमाडौंको माइतिघर र बानेश्वरमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा उनीहरुले सडकको डिभाइडरमा लगाइएको बिरुवा र दुबो नष्ट गरेको दृश्य सामाजिक संजालमा फेसबुकमा राख्दै शिक्षकहरुप्रति व्यंग्य गरेका हुन् । 

Extreme Energy

उनले विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई पढाउने गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक हरफ साभार गरेर व्यंग्य गरेका छन् । उनले लेखेका छन् ः

‘नटिप्नु हेर कोपिला 

नचुँड्नु पाप लाग्दछ

नच्यात्नु फुल नानी हो

दया र धर्म भाग्दछ ’

यी पंती बालबालिकालाई शिक्षकहरुले कक्षाकोठामा अत्याधिक रटाउने पंती हुन् । तर आन्दोलनका क्रममा शिक्षकहरुले नै बोट बिरुवाको नास गरेपछि बालेन तस्विरसहित उक्त स्टाटस लेखेका हुन् । 

सडकपेटी तथा डिभाइडरमा रोपिएका बोटविरुवाहरुको महानगरले निरन्तर संरक्षण गर्दै आएको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...