नेभिगेशन
सबै कुरा

दाङमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त

दाङ । दाङको लमहीमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त भएको छ । सुदुरपश्चिमको धनगडीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि भनेर लमही तर्फ गइरहेको एउटा खाली ट्रक आँफै आगलागी भइ जलेर नष्ट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुप प्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आँफै आगो लागेर जली नष्ट भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम महेन्द्रनगरबाट दाङको लमही तर्फ उक्त ट्रक आउँदै गर्दा ट्रकमा वाइरिङ सर्ट भइ आगलागी भएको चालक बताउँछन्  ।

Ncell
Extreme Energy

पूर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका – ९ चाउखोला नजिकको जङगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आँफै आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

वाइरिङ सर्ट भइ ट्रकमा आगो लागेर जली नष्ट भएको एसपी केसीले भनाई छ। घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ । 

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।

ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा चालक रमेशदत्त जोशीको हात र कपालमा सामान्य जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको...
खोलामा पुल बन्यो तर छैन जाने बाटो

खोलामा पुल बन्यो तर छैन जाने बाटो

पुलको प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल बनेको सातवर्ष पूरा भएको छ ।  आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न गरिएको झोलुङ्गे पुलको...
'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गर्ने महिला मन्त्री सिता बादीको घोषणा

'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गर्ने महिला मन्त्री सिता बादीको घोषणा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा...
जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।