नेभिगेशन
सबै कुरा

दाङमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त

दाङ । दाङको लमहीमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त भएको छ । सुदुरपश्चिमको धनगडीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि भनेर लमही तर्फ गइरहेको एउटा खाली ट्रक आँफै आगलागी भइ जलेर नष्ट भएको हो ।

सुप प्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आँफै आगो लागेर जली नष्ट भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम महेन्द्रनगरबाट दाङको लमही तर्फ उक्त ट्रक आउँदै गर्दा ट्रकमा वाइरिङ सर्ट भइ आगलागी भएको चालक बताउँछन्  ।

City Express

पूर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका – ९ चाउखोला नजिकको जङगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आँफै आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

वाइरिङ सर्ट भइ ट्रकमा आगो लागेर जली नष्ट भएको एसपी केसीले भनाई छ। घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ । 

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।

ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा चालक रमेशदत्त जोशीको हात र कपालमा सामान्य जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

भर्खरै