नेभिगेशन
सबै कुरा

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छाँै”, डा अर्जुन सापकोटाले भने । 

Ncell
Extreme Energy

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो । 

चिकित्सककानुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ ।  सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।