नेभिगेशन
सबै कुरा

अस्पताल बनाउने भन्दै मापदण्डविपरित चर्च बनाएपछि धनगढीमा गोपी हमालले चलाए डोजर

धनगढीः धनगढी उपमहानगरपालिकामा अस्पताल बनाउने भन्दै लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका २ भवनमा चर्च बनाएपछि उपमहानगरले ती भवनमा डोजर चलाएको छ । नगरपालिकासँग एक प्रयोजन भनेर भवन निर्माण गरिएको तर ति संरचनाहरु मापदण्ड विपरित रहेको पाइएपछि मंगलबार उपमहानगरले डोजर चलाएको हो । 

सोमवार उपमहानगर वडा नं ७ ले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो।

लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यस अगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...