नेभिगेशन
सबै कुरा

आन्दोलनरत शिक्षक र सरकारबिच सिंहदरबारमा वार्ता सुरु

५ असोज, काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकको बिरोधमा तीनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुसँग हिजो पनि वार्ता गरेको थियो । तर उक्त वर्ताबाट कुनै निष्कर्ष निस्किएन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि पुन आज बिहान ९ बजेका लागि वार्ताको समयमा तोकिएको थियो । तर दुबै पक्षले आन्तरिक छलफलको लागि समय लिएपछि बल्ल अहिले वार्ता सुरु भएको हो । अहिले सिंहदरबारका दुई पक्षबिच वार्ता चलिरहेको छ । 

Ncell
Extreme Energy

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेपछि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यो विधेयको मस्यौदा तयार पार्नुअघि सरकार र महासङ्घबीच २०७५ र  २०७८ फागुनमा  बिभिन्न सम्झौताहरु भएका थिए । तर हाल संसदमा पेश गरिएको उक्त विधेयकले उनीहरुले पटक पटक राख्दै आएका मागहरु सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुले सरकारसमक्ष बिभिन्न १८ बुँदै माग राखेका छन् । 

जसमा उमेर हद कटेका अस्थायी प्रकृतिका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने, निजामती कर्मचारी सरहको तलब र ग्रेड हुनुपर्ने, विद्यालयका प्रधानाध्यापकहरूको नियुक्ति स्थानीय तहबाट हुन नहुने, शिक्षकको सरुवा र कार्यसम्पादन मूल्याङ्कन पालिकाहरूलाई दिन नहुने, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई निजामती कर्मचारीसरह दुर्गम भत्ता दिनुपर्ने लगायत मागहरु छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...