नेभिगेशन
सबै कुरा

आन्दोलनरत शिक्षक र सरकारबिच सिंहदरबारमा वार्ता सुरु

५ असोज, काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकको बिरोधमा तीनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुसँग हिजो पनि वार्ता गरेको थियो । तर उक्त वर्ताबाट कुनै निष्कर्ष निस्किएन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि पुन आज बिहान ९ बजेका लागि वार्ताको समयमा तोकिएको थियो । तर दुबै पक्षले आन्तरिक छलफलको लागि समय लिएपछि बल्ल अहिले वार्ता सुरु भएको हो । अहिले सिंहदरबारका दुई पक्षबिच वार्ता चलिरहेको छ । 

Extreme Energy

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेपछि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यो विधेयको मस्यौदा तयार पार्नुअघि सरकार र महासङ्घबीच २०७५ र  २०७८ फागुनमा  बिभिन्न सम्झौताहरु भएका थिए । तर हाल संसदमा पेश गरिएको उक्त विधेयकले उनीहरुले पटक पटक राख्दै आएका मागहरु सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुले सरकारसमक्ष बिभिन्न १८ बुँदै माग राखेका छन् । 

जसमा उमेर हद कटेका अस्थायी प्रकृतिका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने, निजामती कर्मचारी सरहको तलब र ग्रेड हुनुपर्ने, विद्यालयका प्रधानाध्यापकहरूको नियुक्ति स्थानीय तहबाट हुन नहुने, शिक्षकको सरुवा र कार्यसम्पादन मूल्याङ्कन पालिकाहरूलाई दिन नहुने, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई निजामती कर्मचारीसरह दुर्गम भत्ता दिनुपर्ने लगायत मागहरु छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...