नेभिगेशन
सबै कुरा

तत्काल सरकारमा जाने तयारी छैन : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् । 

बिहीबार काठमाडौँमा पार्टीको जिल्ला अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका हुन् । सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उनले बताए । 

संसदको गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहदा वा नरहदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले बताए । उनले यसअघि केहि समय सरकारमा रहँदा केहि महत्वपूर्ण काम गर्न सफल भएको दावी गरे । 

त्यस्तै अध्यक्ष लिङदेनले पार्टीले उठाएका एजेण्डलाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे । उनले संविधानको आधारभूत कुराहरुमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफुहरु रहेको जिकिर गरे । 

साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...