नेभिगेशन
सबै कुरा

कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो

खोटाङ । कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार पठाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कर्मा शेर्पा, ठगी मुद्दाका सन्तोष परियार, रेडपान्डाको छाला ओसारपसार मुद्दाका निश्चल श्रेष्ठ र बाल यौन दुराचार मुद्दाका उत्तम भनिने दर्शन राईलाई रौतहट तथा ठगी मुद्दाका (थुनुवा) प्रेम पुरी, जबरजस्ती करणी मुद्दाका इन्द्र पौडेल र डाँका मुद्दाका सुवास विश्वकर्मालाई आज पर्सा कारागार पठाइएको जेलर सोमप्रसाद आचार्यले जानकारी दिए । “गलत नियतका साथ कैदीबन्दीहरूबीच समूह बनाएरै झगडा भएको रहेछ । उनीहरू सबैलाई एकैठाउँमा राख्दा ज्यान मर्नेसम्मको खतरा भएको थियो”, उनले भने, “झगडा साम्य पार्न एउटा समूहलाई घटनाका योजनाकारसहित सात जनालाई एक÷एक जना प्रहरीसहित दुई वटा सुमो गाडी रिजर्भ गरेर रौतहट र पर्सा कारागार पठाइएको छ ।”

Ncell
Extreme Energy

साउन–१६ गते बेलुका ५ः३० बजे भएको झगडामा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रोहिनीबहादुर कार्की घाइते भएका छन् । सुवास विश्वकर्मा र सन्तोष परियारले प्रहार गरेको बेल्चाले लागेर घाइते बनेका कार्कीको देब्रे हात भाँचिएको छ । 

घाइते कार्कीलाई सोही राति जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको थियो । कार्कीको हातमा प्लाष्टर गरिएको छ । उपचारपछि डिस्चार्ज भएका उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झगडामा सहभागी सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको समाचार स्रोतले जनाएको छ । कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केही छिनमै साम्य पारिएको कारागार शाखाले जनाएको छ ।  

घटना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको थियो । कैदीबन्दीबीचमा झगडा भएको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का कारागार पुगेका थिए । 

सन्तोष र सुवासलाई पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट खोटाङ कारागार सारिएको थियो । उनीहरू दुवै जना कर्मा शेर्पाको समर्थनमा झगडामा सामेल भएको खुलेको जेलर आचार्यले बताए। चौकीदार छनोटमा असन्तुष्टि जनाउँदै कर्मा शेर्पाको समूहले जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाएपछि झगडा भएको खुलेको जेलर आचार्यको भनाइ छ । कारागारभित्र प्रयोग हुने औजारको सुरक्षा गर्दै आएका नाइके रोहिनीबहादुर कार्कीलाई नियन्त्रणमा लिएर जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजनामा प्रतिरक्षा गर्दा झगडा भएको जनाइएको छ । 

कारागार शाखाले केही दिनअघि जबरजस्ती करणी मुद्दाका कैदीबन्दी देउकुमार राईलाई चौकीदार छनोट गरेको थियो । समाचार स्रोतका अनुसार देउकुमारको ठाउँमा पाँच महिनाअघि मात्र कैलाली कारागारबाट खोटाङ ल्याइएका कर्मा शेर्पाले आफू चौकीदार हुनुपर्ने दाबीसहित समूह बनाएर आक्रमणको प्रयास गरेको हो । 

यद्यपि, चौकीदार हुन कारागारभित्रकै कैदीबन्दीले गठन गरेको आन्तरिक समितिबाट सर्वसम्मत सिफारिस भएका कैदीबन्दी हुनुपर्ने कानुनी प्रावधान छ । सोही आन्तरिक समितिले सिफारिस गरेका कैदीबन्दीलाई जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले चौकीदार छनोट गर्ने प्रचलन रहेको जेलर आचार्यले जानकारी दिए। 

जेलर आचार्यका अनुसार चौकीदार हुन एक वर्ष सोही कारागारमा बसेको, राजस्व हिनामिना नगरेको तथा सबै कैदीबन्दीको मान्य व्यक्ति हुनुपर्दछ । कर्मा शेर्पा पाँच महिनाअघि मात्र कैलालीबाट जिल्ला कारागार ल्याइएकाले छनोट नगरिएको जेलर आचार्यले जानकारी दिए । 

महिला ३३ जना र पुरुष ६६ जना गरी ९९ जना कैदीबन्दी अटाउने क्षमताका जिल्ला कारागार खोटाङका हाल एक सय ४७ जना कैदीबन्दी रहेका छन् । विसं २०३१ मा स्थापना भएको जिल्ला कारागारको भवन ठेकेदारको लापरबाहीले निर्माण भएकै समयदेखि जीर्णावस्थामा सञ्चालन हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...