नेभिगेशन
सबै कुरा

सरकारसँग भएको सहमति राहत शिक्षकले नमान्ने, आन्दोलनलाई निरन्तरता

५ असाेज, काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारसँग भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुले सहमति नमान्ने भएका हुन् । 

Extreme Energy

सरकारले गरेको सहमतिले आफूहरुलाई धोका भएको भन्दै राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले उक्त सहमति पत्रमा हस्ताक्षरसमेत नगरेको बताएका छन् । त्यस्तै उनले आफूहरु शिक्षक महासंघबाट अलग्गिएर आन्दोलनमा होमिने बताए । 

दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि हस्ताक्षर नै नगरी बैठकबाट उठेर हिँडेका राहतका शिक्षकहरुले आफ्ना आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने बताएका छन् ।

२०७५ सालअघि नियुक्त भएका राहत शिक्षकहरू विस्थापित नहुने गरी विद्यालय शिक्षा विधेयकमा समेट्नु पर्ने आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । 

उनीहरुले भोली माइतीघर मण्डलामा जम्मा भएर आन्दोलन जारी राख्ने भएका छन् । ४० हजार राहत शिक्षक उपस्थित भएर आन्दोलन जारी राख्ने उनीहरुको योजना छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...

भर्खरै