नेभिगेशन
सबै कुरा

सरकारसँग भएको सहमति राहत शिक्षकले नमान्ने, आन्दोलनलाई निरन्तरता

५ असाेज, काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारसँग भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुले सहमति नमान्ने भएका हुन् । 

Ncell
Extreme Energy

सरकारले गरेको सहमतिले आफूहरुलाई धोका भएको भन्दै राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले उक्त सहमति पत्रमा हस्ताक्षरसमेत नगरेको बताएका छन् । त्यस्तै उनले आफूहरु शिक्षक महासंघबाट अलग्गिएर आन्दोलनमा होमिने बताए । 

दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि हस्ताक्षर नै नगरी बैठकबाट उठेर हिँडेका राहतका शिक्षकहरुले आफ्ना आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने बताएका छन् ।

२०७५ सालअघि नियुक्त भएका राहत शिक्षकहरू विस्थापित नहुने गरी विद्यालय शिक्षा विधेयकमा समेट्नु पर्ने आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । 

उनीहरुले भोली माइतीघर मण्डलामा जम्मा भएर आन्दोलन जारी राख्ने भएका छन् । ४० हजार राहत शिक्षक उपस्थित भएर आन्दोलन जारी राख्ने उनीहरुको योजना छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...