नेभिगेशन
सबै कुरा

सरकारले कृषि औजार कारखानाबारे अध्ययन गरेर सहयोगको निर्णय गर्छ : कृषिमन्त्री अधिकारी

वीरगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्न सक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गर्दै सो अभिव्यक्ति दिएका हुन् । उनले भने, “कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा घनिभूत रुपमा छलफल गरेर के सहयोग गर्न सकिन्छ । सो विषयमा आवश्यक निर्णय गरिनेछ ।” उनले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भए पछि मात्रै निर्णय गर्न सहज हुने धारणा राखे । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगञ्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको  विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए । 

Ncell
Extreme Energy

केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए  । “अहिलेसम्म जे–जे भयो । सबै कुरा बिर्सिएर अब नयाँ सोच र ढङ्गबाट अघि बढ्न जरुरी छ,” उनले भने, “कृषि औजार कारखाना वीरगञ्जमा निकै पुराना खालका औजारका मेसिन छन् । त्यसैले अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक छ ।” 

कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक तथा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले  विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । “केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्नेछ,” उनले भने, “कारखानाबाट उत्पादित सामग्री करपछिको रकम ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी राखिनेछभने बाँकी ५० प्रतिशत सरकारको राजस्व ढुकुटीमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।” 

सरकारले  विसं २०७९ असोज ११ गते वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा  १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ ।

केन्द्रले औपचारिक रुपमा विसं २०७९ माघ महिनामा काम सुरु गरेको थियो । वीरगञ्जस्थित कृषि औजार कारखानाका इन्चार्ज रितेश देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्नसक्ने अवस्थामा ल्याएको बताए । 

केन्द्रका अध्यक्ष पुनले ३० वर्षदेखि बन्द कारखानालाई सञ्चालन गर्न आफ्नो आत्मवृत्तान्त ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक देशव्यापी रुपमा बिक्री गरिरहेका छन् । अध्यक्ष पुनले हालसम्म एक लाख २० हजार पुस्तक बिक्री भइसकेको जानकारी दिए ।  ‘पुस्तक बिक्रीबाट रु  दुई करोड कृषि कारखानामा खर्च भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।