नेभिगेशन
मुख्य समाचार

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना अन्यत्र सार्न खोजिएको भन्दै सरकारको जवाफ मागेपछि सभामुख अर्यालले सरकारलाई यसबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आजै सभामा माननीय सदस्य चन्द्रमोहन यादवले राख्नुभएको विषय के हो? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु,’ सभामुख अर्यालले भने।

Marvel
Extreme Energy

यसअघि सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले पूर्ववर्ती सरकारले अघि बढाएको योजना वर्तमान सरकारले अन्यत्र सार्न खोजेको भन्दै विरोध जनाएका थिए । उनले सरकारको विरोध र स्थानीय जनताको पक्षमा आफू दिनभर सदनमा उभिने घोषणा गरेपछि सभामुखले पटक–पटक उनलाई बस्न आग्रह गरेका थिए ।

यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माण वैज्ञानिक र भौगोलिक हिसाबले समेत आवश्यक रहेको दाबी गरे। उनले शिलान्यासको तयारीमा रहेको योजना अन्यत्र सारिएको भन्दै स्थानीयस्तरमा आन्दोलनसमेत सुरु भएको बताए ।

‘धनुषाको ढल्केबरमा डेडिकेटेड ट्रमा सेन्टर बनाउने निर्णय २०७७ मै भएको हो। अहिलेको बजेटमा पनि मधेश प्रदेशमा ट्रमा सेन्टर बनाउने भनिएको छ। तर केही दिनअघि स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम नलिई अन्यत्रै बनाउने भन्नुभयो,’ यादवले भने, ‘ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो, सभामुख महोदय?’

गत मंगलबारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण हुने बताएकी थिइन् । मन्त्रीको उक्त अभिव्यक्तिपछि ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयस्तरमा विरोध सुरु भएको यादवले बताए ।

मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस वडा नं. २ ‘क’ को कित्ता नं. १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पहिलोपटक ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जासमेत बनिसकेको अवस्थामा सरकारले योजना अन्यत्र सार्न खोजेको भन्दै यादवले आपत्ति जनाएका हुन् । प्रस्तावित ट्रमा सेन्टर शिलान्यासको चरणमा पुगेका बेला स्वास्थ्य मन्त्रीको अभिव्यक्तिले योजना विवादमा परेको उनको भनाइ थियो ।

यादवले सरकारको निर्णय स्पष्ट नभएसम्म आफूले सदनमार्फत निरन्तर आवाज उठाउने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...