नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशनको वैधानिकता अदालतमा प्रतिरक्षा गर्छौं– कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन वैधानिक र विधानसम्मत भएकाले त्यसको प्रतिरक्षा अदालतमा गरिने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति थापाले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका सम्बन्धमा आगामी २४ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरी आधिकारिक धारणा बनाइने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवेशन वैधानिक र विधानसम्मत थियो भन्ने पुष्टि गर्ने अर्को अवसर प्राप्त भएको उनको भनाइ छ । उनले विधानभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै कांग्रेसको नियमित महाधिवेशन तोकिएकै समय अर्थात् आगामी मंसिरभित्र सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व रहेको स्पष्ट पारे ।

Ncell
Extreme Energy

थापाले पार्टीका कार्यकर्ता र शुभेच्छुकले राखेको भरोसा टुट्न नदिई कांग्रेसलाई बलियो बनाउन सबैलाई समेटेर अघि बढ्ने बताए । पार्टीभित्र सबैलाई सम्हालेर अघि बढ्ने प्रयास गर्नुपर्ने विषयमा आफू सचेत रहेको उनको भनाइ थियो ।

नयाँ सरकार बनेको अवस्थामा कांग्रेसले प्रतिपक्षको भूमिकाबाट सरकारका कामको खबरदारी गर्नुका साथै संविधानप्रतिको संवेदनशीलता जोगाउने दायित्व निर्वाह गर्ने थापाले बताए ।

संविधान संशोधनका क्रममा त्यसको संवेदनशीलतालाई बुझ्न नसके मुलुक जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने उनले चेतावनी दिए । संविधान संशोधनका विषयमा सरकारको बुझाइ र निर्णयले देशलाई ठूलो द्वन्द्वतर्फ धकेल्न सक्ने भन्दै कांग्रेसले निरन्तर दबाब र खबरदारी गरिरहने थापाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्ने भएको छ ।
रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ  निर्वाचित

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित भएकी छन् ।
हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।